नियम १३
इजाजतपत्रको नवीकरण
(१) इजाजतपत्र प्राप्त कम्पनीले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा एक महिना अगावै इजाजतपत्र नवीकरणको लागि देहायका
कागजात संलग्न गरी मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछः–
(क) बुझाउन पर्ने रोयल्टी रकम चुक्ता गरेको प्रमाण,
(ख) अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन,
(ग) कम्पनीको सञ्चालक, शेयर धनीको विवरण र शेयर लगत,
(घ) अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
(ङ) बैड्ढ ग्यारेण्टी नवीकरण गराएको कागजात, र
(च) मन्त्रालयले तोकेको अन्य कागजात ।
(२) उपनियम (१) बमोजिम निवेदन सहितको कागजात प्राप्त भएपछि मन्त्रालयले त्यस्तो निवेदन र सो साथ संलग्न कागजात समिति समक्ष पठाउनेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको निवेदन र सो साथ संलग्न कागजात जा“चबुझ गर्दा इजाजतपत्र नवीकरण गर्न मनासिव देखिएमा समितिले सोही व्यहोराको सिफारिस मन्त्रालय समक्ष गर्नेछ ।
(४) उपनियम (३) बमोजिम इजाजतपत्र नवीकरण गर्न समितिबाट सिफारिस भएमा मन्त्रालयले इजाजतपत्र दस्तुरको पचास प्रतिशतले हुने रकम नवीकरण दस्तुर वापत लिई इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।